डा. महावीर पुन

Screenshot_2025-08-24-11-34-01-849_com.cv.docscanner-edit

डा. महावीर पुनको चर्चा र सर्वाधिक बिक्री भएको उनको सम्झना, सपना र अविरल यात्रा नामक आत्मकथा सहितको पुस्तक झनै चर्चा र पठनीय छ।  डा. पुनले आत्मकथा लेख्ने निर्णय अचानक यसरी गरेंका रहेछन् । उनले आत्मकथा लेख्नुअघि लेखिएका अंश पुस्तकबाट जस्ताको त्यस्तै सामाग्री पेश गरिएको छ ।
यो आत्मकथाको किताब लेख्ने काम अचानक आइलागेको दुइ वटा समस्याहरूलाई समाधान गर्ने उपाय खोज्दै जाने क्रममा सुरू गरेको थिएँ । ती समस्याहरू एकदमै खुसीको दुइ वटा खबरहरू बाट सुरू भएको थियो ।
पहिलो खुसीको खबर २०७९ सालको साउन महिनामा सुनें, गण्डकी प्रदेश सरकारको संसदले व्याबहारिक अनुसन्धान गर्नको लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा दश करोड रूपैयाँ अनुदान बजेटमा छुट्याए छ । त्यो अनुदानबाट व्याबहारिक अनुसन्धानको काम चार वटा क्षेत्रहरूमा गर्ने सोंच बन्यो । पहिलो सोंच गण्डकी प्रदेशका कृषकहरूलाई खेति गर्न सजिलो हुने किसिमका औजारहरू बनाउने र प्रदेशमा पाइने जडिबुटीहरू प्रसोधन गर्ने भन्ने थियो। दोस्रो सोच सो प्रदेशका जिल्ला अस्पतालहरूको लागि इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टमको विकास तथा संचालन गर्ने र अस्पतालका बायोमेडिकल उपकरणहरू मर्मत सम्भार गरिदिने भन्ने थियो । तेस्रो पोखरा उपत्यकालाई सूचना प्रविधिको रूपमा बिकास गर्ने भन्ने थियो । चौथो सोंच कलेजमा पढिरहेका वा पढी सकेका बिद्यार्थीहरूलाई अनुसन्धान र नबप्रबर्तन गर्न आकर्षित गर्ने थियो ।
अनि २०७९ साल कै भदौ महिनामा त्यतिबेलाका सङ्घीय अर्थमन्त्री जनार्दन शर्माबाट त्यस्तै दोस्रो राम्रो खबर सुनें, ३० वर्षदेखि बन्द भएको वीरगन्जको कृषिऔजार कारखानाको मर्मत र व्यवस्थापन गर्न तथा अनुसन्धान र विकास गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय मन्त्रीपरिषद्ले गरेछ । त्यही अनुरूप भएको सम्झौतामा त्यो कारखाना मर्मतका लागि भनेर एक पटकलाई मात्र आवश्यक परेको रकम सङ्घीय अर्थमन्त्रालयले नै उपलब्ध गराउने निर्णय पनि राखिएको थियो ।Screenshot_2025-08-24-11-32-38-377_com.cv.docscanner-edit
ती दुई समाचारले ठुलै हौसला त दिए तर निकै नै ठुलो जिम्मेवारी र चुनौती पनि थपिदिए । गण्डकी प्रदेशको दश करोड रूपैयाँ अनुदानका लागि बनेको कार्यविधिमा अन्तिम ४० प्रतिशत किस्ता अर्थात् चार करोड रूपैयाँ अनुदान अनुसन्धानको काम सकेर अन्तिम रिपोर्ट बुझाइसके पछि मात्र पाइने कुरा थाहा भयो । त्यो अन्तिम किस्ताको चार करोड रूपैयाँ आविष्कार केन्द्रले नै जसरी भए पनि खोजेर अनुसन्धानको काम पुरा गर्नुपर्ने थियो । त्यो चार करोड रुपैयाँ कहाँबाट जुटाउने ?
त्योभन्दा पनि ठुलो चुनौती थियो, कृषिऔजार कारखाना वीरगन्जको विस्तार तथा उत्पादन कसरी सुरू गर्ने भन्ने। नेपाल सरकारले गरेको बाचाअनुसार मर्मतसम्भार गर्न भनेर मानौ एक पटकलाई अनुदान दियो भने पनि कृषिऔजार उत्पादन गर्न र बजारीकरण गर्नका लागि चाहिने करोडौं रूपैयाँको चालुखर्च कहाँबाट ल्याउने ? त्यसका लागि पनि सरकारबाटै सहयोगको अपेक्षा गर्दै बसेर मात्र त हुने कुरै भएन । किनभने सरकारबाट त्यस्तो सहयोग पाउने सम्भावना एकदमै न्यून हुन्छ। केही गरी सरकारले सहयोग नै दिने भएछ भने पनि अनेकौं प्रक्रिया र औपचारिकता पुरा गर्नुपर्ने हुन्छ, जसका लागि महिनौ मात्र नभएर वर्षों कुर्नुपर्ने पनि हुन सक्छ । सरकारको भर गरेर हुन्न भन्ने मलाई लागेको थियो ।
यी दुवै काम सफलतापुर्बक सम्पन्न गर्नको लागि जसरी भए पनि र जहाँ बाट भए पनि पैसा नखोजी नहुने परिस्थिति सिर्जना भयो । त्यसैले मैले पाएका अन्तर्राष्ट्रिय तक्मा र पदकहरू बेचेर केही हुन्छ कि त भनेर प्रयास गरेको हो । अनि २०५२ सालतिर हाल अमेरिकामा बसोबास गर्ने पदम पुन भाइसँग मिलेर किनेको र मेरो नाममा भएको पोखरानजिकै ठुलाकोट भन्ने ठाउँको २८ रोपनी जग्गा बेच्न खोजेको पनि हो। तर ती पदकहरू र जग्गा कसैले किनेनन् । कुनै दिन ती पनि बिक्लान् र बिक्री भएर आएको पैसा पनि राष्ट्रिय आविष्कार केन्द्रमा लगाउन पाइएला भन्ने आशा मरेको छैन ।Screenshot_2025-08-24-11-33-49-312_com.cv.docscanner-edit
यसरी गण्डकी प्रदेशको सरकारले गर्ने भनेको अनुसन्धानको काम र वीरगन्ज कृषिऔजार कारखाना सञ्चालन गर्ने कामका लागि आर्थिक स्रोत कसरी जुटाउने होला भनेर घोत्लिँदै गर्दा आफ्नै आत्मकथा लेखेर बेच्नु पनि पो एउटा उपाय हुन्छ कि भन्ने लाग्यो । त्यसैले मैले यो आत्मकथा लेखेको हो । नेपाल सरकार बाट सहयोग अनुदान पाएको भए म यो आत्मकथा लेख्नेतिर लाग्ने नै थिइनँ । यहाँ भनिएका दुईवटा महत्त्वपूर्ण काम गर्नका लागि थोरै भए पनि पैसा संकलन गर्न भनेर आफ्नो आत्मकथा म आफैले लेख्ने निर्णय गरेको हुँ ।
तर यति छिट्टै आत्मकथा लेख्नेबारे मैले सोचेको थिइनँ । कतिपय लेखकहरूले मेरो आत्मकथा लेख्न अनुमति मागेका थिए । उनीहरूलाई मैले यसो भनेर टारी दिन्थे, 'अहिले नै मेरो आत्मकथा लेख्ने बेला कहाँ भएको छ र त?"
साँच्चीकै भन्नुपर्दा मैले मेरो आत्मकथा बुढेसकालको खर्च जुटाउने स्रोतको रूपमा साँचेर राखेको थिएँ । त्यो कुरा मनमनै सोचेको थिएँ तर कसैलाई भनेको थिइनँ । मैले अहिलेसम्म पैसा कमाउने कुनै काम नगरेको, साथीहरूको सहयोगमा दैनिक खर्च चलाएको र बुढेसकालको लागि कुनै सम्पत्ति नजोडेको हुनाले सत्तरी वर्ष उमेर काटेपछि बिस्तारै आत्मकथा लेखुला र त्यसैलाई बेचेर मेरो र श्रीमतीको जीवन धानूँला भन्ने मेरो सोच थियो । तर परिस्थितिले गर्दा त्यो सोच बदल्नु पर्ने भयो र चाडैनै किताब लेख्नुपर्ने आबस्था आयो । किनभने मेरो आफ्नै आवश्यकताभन्दा मातृ‌भुमिको आवश्यकता हजारौं गुणा ठुलो भएको महसुस गरे ।
गण्डकी प्रदेश सरकारबाट आउने ठुलो सहयोग र नेपाल सरकारकै अनुरोधमा कृषिऔजार कारखानाजस्तो राष्ट्रको सम्पत्तिको मर्मत तथा सञ्चालन गर्न पाउने सुवर्ण अवसरलाई म कुनै हालतमा गुमाउन चाहन्नर्थे । तर नेपाल सरकारको अति नै झन्झटिलो र हतोत्साही गर्ने किसिमका कानुनी प्रक्रियाबारे भुक्तभोगी केही साथीहरू र शुभेच्छुकहरूले सरकारसँग काम गर्दा निकै नै सावधान हुन वा त्यस्तो कठिन काम लिंदै नलिन गम्भीर सल्लाह पनि दिएका थिए । साथीहरूका सुझाबलाई मैले मानिनँ । यसरी म आफैले जिद्दी गरेर यी दुईवटा काम गर्न जबर्जस्ती अगाडि सरेको हो ।
हुन पनि मेरा साथीहरूले भने जस्तै गण्डकी प्रदेश सरकार र संघीय सरकारले घोषणा गरे अनुसास्र्को सहयोग अनुदान दिएनन् । गण्डकी प्रदेश सरकारले दिने भनेको दश करोड रूपैयाँ मध्ये बल्लतल्ल पहिलो बर्ष दुई करोड रूपैया दियो र बाँकी रकम अनेकौं कानुनी झमेला देखाएर दिएको छैन । संघीय सरकारले बीरगंज कृषि औजार कारखानाको लागि सम्झौता अनुसार दिने भनेको अनुदान सहयोगको सट्टा १० प्रतिशत ब्याजको दरमा ऋण लिनुपर्छ भन्यो । त्यसैले नेपाल सरकारबाट पनि कुनै सहयोग अनुदान पाइएको छैन र पाउने छाँट पनि देखिएको छैन ।
गण्डकी प्रदेश सरकार र नेपाल सरकारले सम्झौता अनुसार सहयोग अनुदान नदिए पनि ति कामहरू कुनै पनि हालतमा पुरा गर्ने मैले अठोट गरेको छु । बरू ज्यान जाला तर मैले जिम्मा लिएको काम पुरा नगरी छोडिदैन । तपाईंहरूले तिरेको यो किताबको पैसा राष्ट्रिय आविष्कार केन्द्रको बैड्कखातामा जानेछ र त्यसैबाट गण्डकी प्रदेश र कृषिऔजार कारखानाका लागि खर्च गरिनेछ ।
२०८० असोज १५ गते