प्रकाश उप्रेती 
बाह्र महिनामध्ये पहिलो र अन्तिम महिना कुन हो ? बैद्धिक धर्म गुरु र बिज्ञानले छुट्टाछुट्टै व्याख्या गरेको पाइन्छ । नेपालमा बैशाख महिनालाई वर्षको सुरुवाती महिना र चैत महिनालाई अन्तिम महिनाको रूपमा लिइएको पाइन्छ । अन्य देशमा जनवारी महिनालाई पहिलो र डिसेम्बरलाई अन्तिम महिनाको रुपमा मान्ने गरिएको पाइन्छ ।
सबै महिनाको उत्तीकै महत्त्व छ । यसको प्रमाणका रूपमा सूर्य भनेकै समयमा उदाउनु र अस्ताउनु, पूर्णिमाका दिन आकाशमा चन्द्रमाको पूर्णबिम्ब देखिनु, सूर्य र चन्द्रग्रहण भनेकै समयमा लाग्नु आदिलाई लिन सकिन्छ । यिनै आकाशीय ग्रहका आधारमा हाम्रा गते, बार, महिना वर्ष आदिको निर्धारण गरिएको छ । यिनै आकाशीय सूर्य र चन्द्रमाका आधारमा हाम्रा महिनाको नाम वैशाख, जेष्ठ, आषाढ आदि पनि निर्धारण गरिएको उल्लेख छ ।
तर, तीभन्दा हाम्रा चैत्र, वैशाख आदि महिनाको नाम एवम् समय निर्धारण वैज्ञानिक र खगोलीय उत्पत्तिपूर्ण रहेको शास्त्रीय र बिज्ञानले संसारमा जति वर्ष एवम् महिनाको निर्धारण गरिएका छन् ती प्राय यिनै सूर्य र चन्द्रमालाई नै आधार मानिएको पाइन्छ ।
तर, चैत महिना महत्त्वपूर्ण छ। मेरो जन्मदाता मेरि आमा शान्ता उप्रेती (चैत-१६ मा जन्मदिन ) र मेरो कर्मदाता ससुरा बुवा टंकप्रसाद शिवाकोटी (चैत-६ गते जन्मदिन) सहित म आफ्नै जन्मदिन परेकाले यो महिनालाई हार्दिकता, उमंगको महिनाको रुपमा लिइएको छु ।
त्यतिमात्रै होइन समाज र देशकाे आमूल परिवर्तनका लागि विपुल फुक्ने कलमजीवी झापाली पत्रकारको जन्मदिन परेकाले पनि चैत महिना अझै महत्त्व थपिएको छ । अन्य महिनामा जन्मदिन पर्ने पत्रकारहरुको संख्या भन्दा चैतमा जन्मदिन पर्ने पत्रकारहरु झन्डै बहुसंख्यक पाइन्छ । झापाली पत्रकारको नामसहित जन्मदिनमा शुभकामना व्यक्त गर्न लेखमार्फत अनुमति चाहन्छु र मितिमा फरक परे क्षमा चाहन्छु ।
चैत महिनामा जन्मदिन पर्ने झापा कार्यक्षेत्र बनाएका अग्रज तथा समकालीन पत्रकार पत्रकारहरुलाई जन्मदिनको अभ्यान्तरित शुभकामना व्यक्त गर्दछु । चैत महिनाको २ गते अग्रज पत्रकार एबम् साझामन्च अनलाइनका सम्पादक गोपाल काफ्लेको र १७ गते भाउजूको  जन्मदिन परेको छ । त्यस्तै २ गते झापा एक्स्प्रेसका सम्पादक केशब चापागाईं, ५ गते लोकतान्त्र पोस्टका सम्पादक मोहन काजी,६ गते जनाआन्दोलन साप्ताहिकका सम्पादक इन्दु पुर्वेलीको जन्मदिन परेको छ ।
त्यस्तै ६ गते हाम्रो खवरपार्टीका सम्पादक युवराज आचार्य र खवरखेती अनलाइनका सम्पादक तलक योन्जन, ७ गते मेची खवरका सम्पादक प्रेम आचार्य,८ गते सुर्योदय टेलिभिजनका सम्पादक राजु पौडेल, ८ गते प्रेस सेन्टरका सदस्य पत्रकार पर्वत तामाङको जन्मदिन परेको छ ।
त्यस्तै ९ गते प्रेस चौतारीका उपाध्यक्ष राजु पोख्रेल, १५ गते बिर्तामोड डटकमका सम्पादक टिकाराम बाँस्तोला १७ गते कान्तिपुर दैनिकका पत्रकार अर्जुन राजबंशी १७ गते पत्रकार सीला उप्रेती, १७ गते यलम्बर टाइम्सका सम्पादक दिपिन राई, ९ गते अनुगमन अनलाइनका सञ्चालक सम्पादक प्रकाश उप्रेती र २३ गते  रेडियो मन्त्रका सम्पादक ज्ञानेन्द्र निरौलाको जन्मदिन परेको छ । मैले थाहा नपाएर यो लेखमा समावेस गर्न छुट्नुभएका अग्रज तथा समकालीन पत्रकारहरुप्रती क्षमा याचना गर्दछु ।
साथै बिगतका वर्षहरुमा जसरी जन्मदिनकाे उत्साहलाई व्यक्त गर्न मनाउँदै आएँ । आज अलि भिन्न ढंगले मैले मेरो जन्मदिन मनाउने निर्णय गरेको छु । भगवान् रुपि जन्मदाता पुजनीय मातापिताद्वय शान्ता बिमली-युवराज उप्रेतीले साष्टङ ढोग, स्नेह, दया, माया, करुणा आदारसहित व्यक्त गर्दछु  र आशीर्वाद ग्रहण गर्दछु । म अहिले काठमाडौंको पशुपतिनाथको मन्दिरको छेउ गौशालाको एक गेस्ट हाउसमा छु ।
मैले कर्म गर्ने क्रममा आरोहअबरोहबिच आफुलाई बिश्वास गर्नभने छोडेको छैन । धर्मभन्दा कर्मलाई बढी बिश्वास गर्ने मानिसमा आफुलाई राखेको छु । त्यसैले मैले बिहानै मन्दिर जानुअघि मेरो भगवान रुपि आमाबुवाको आशीर्वाद लिएको छु । मैले पत्रकारिता क्षेत्रमा आवद्ध भएको झन्डै दुईदशक बित्यो ।
हाल प्रेस सेन्टर नेपालले झापाको सचिबको रुपमा जिम्मेवारी प्रदान गरेको छ । यो जिम्मेवारीलाई आफुले कहिँकतैबाट पूरा गर्ने मैले अठोट लिइँदै प्रेस सेन्टर नेपाल झापा शाखाले यो वर्षदेखि स्थापना गरेको `डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष-२०८१´ का लागि  रु.५०००/- प्रदान गर्ने निर्णय गरेको छु । 

हामी पत्रकारहरु हाल शोकमा छौँ । तीनकुनेको एउटा घरमा आगजनीमा परेर एभिन्यूज टीभीका क्यामरापर्सन सुरेश रजकको जलेर मृत्यु भएको घटनाले देश भरका पत्रकार आन्दोलनमा उत्रिएका छन् । पत्रकार रजकको हत्यामा संलग्नलाई कानुनी कार्वाही र परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्ने बिषयमा सरकारको ध्यान पुगोस् । पत्रकार रजकको आत्मले शान्ति पाओस् ।